Fast Nepal News

के हाे ?ओमिक्रोन भेरियन्ट

सोमबार नेपालमा पनि दुई जनामा संक्रमण पुष्टि भएको छ

banner single news

(एजेन्सीहरूको सहयोगमा) २० मंसिर, ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । नोभेम्बर ९ गते (२३ कात्तिक) मा संकलित नमुनामा यो भेरियन्ट पुष्टि भएको र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले २३ नोभेम्बरमा विश्व समुदायलाई यसबारे जानकारी गराएको थियो ।पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म ३ दर्जनभन्दा बढी मुलुकमा फैलिइसकेको छ ।

हालसम्म कहाँकहाँ भेटिए संक्रमित ?

हालसम्म ३५ मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् । दक्षिण एसियामा नेपालसहित भारत र श्रीलंकामा भेटिएका छन् । एसियामा हङकङ, जापान, मलेसिया र दक्षिण कोरियामा समेत ओमिक्रोनका संक्रमित फेला परेका छन् । इजरायल, साउदी अरब र संयुक्त अरब इमिरेट्समा पनि ओमिक्रोन फैलिएको छ ।

नयाँ ओमिक्रोन भेरियन्ट फेला परेका मुलुकमध्ये युरोपमा धेरै छन् । अष्ट्रिया, बेल्जियम, चेक गणतन्त्र, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, आइसल्याण्ड, इटली, आयरल्याण्ड, नेदरल्याण्ड, पोर्चुगल, स्पेन, स्विडेन, स्वीट्जरल्याण्ड र बेलायत गरी १७ युरोपेली मुलुकमा ओमिक्रोन फैलिएको छ ।

यसबाहेक, अष्ट्रेलिया, अमेरिका र क्यानाडामा पनि नयाँ भेरियन्टका संक्रमित फेला परेका छन् । अष्ट्रेलियामा समुदाय स्तरमा फैलिन थालेको आशंका गरिएको छ ।

नाइजेरिया, बोत्स्वाना र दक्षिण अफ्रिकामा पनि यसका संक्रमित फेला परेका छन् । यही भेरियन्टका कारण दक्षिण अफ्रिकामा कोभिड–१९ को चौथो लहर शुरु भएको त्यहाँका अधिकारीले बताइसकेका छन् ।

सतर्कता

ओमिक्रोनका कारण विश्वभर सतर्कता अपनाउन थालिएको छ । कैयौं मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाइ गर्न थालेका छन् ।

जापान र इजरायलले विदेशी यात्रुमाथि पूर्ण प्रतिबन्ध लगाएका छन् । हालसम्म १५ राज्यमा ओमिक्रोन फैलिएको अमेरिकामा यात्रासम्बन्धी कडा नियम घोषणा गरिएको छ ।

Inside Article Ads

डब्ल्यूएचओले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ मा राखेको छ र, यसबाट उत्पन्न हुनसक्ने सम्भावित खतराका लागि तयारी अवस्थामा रहन अपिल गरेको छ ।शरीरको रोग प्रतिरोधी क्षमताबाट उत्पन्न हुने एन्टिबडीले यही प्रोटिनलाई निशाना बनाएर कोभिड–१९ संक्रमणसँग लड्छ । तर धेरै पटक परिवर्तन भएका कारण खोप वा यसअघिको संक्रमणबाट प्राप्त एन्टिबडी छल्ने हो कि भन्ने चिन्ता थपिएको छ ।

जनस्वास्थ्यविद र वैज्ञानिकहरूको अर्को चिन्ता छ, हाल प्रयोग भइरहेका खोप ओमिक्रोनविरुद्ध प्रभावकारी होला वा नहोला ? यसअघिका भेरियन्ट (जस्तोः डेल्टा) भन्दा ओमिक्रोन बढी संक्रामक त छैन भन्ने त्रास पनि बढिरहेको छ ।

विशेषगरी ओमिक्रोनको उत्परिवर्तन संख्या धेरै भएका कारण वैज्ञानिकहरू चिन्तित बनेका हुन् । दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार ओमिक्रोनमा भाइरसलाई कोषभित्र प्रवेश गर्न सघाउने ‘स्पाइक प्रोटिन’मा ३० भन्दा बढी पटक परिवर्तन भइसकेको छ ।

हालसम्मका अध्ययनले के भन्छन् ?

ओमिक्रोनको संक्रामक क्षमता, यसविरुद्ध खोपको प्रभावकारिता र यो कति घातक छ भनेर अझै प्रस्ट भइसकेको छैन । यससम्बन्धमा हाल ल्याब परीक्षण जारी रहेको र परीक्षणको नतिजा केही हप्ताभित्रै आउने अपेक्षा गरिएको छ ।

दक्षिण अफ्रिकाका वैज्ञानिकले गरेको प्रारम्भिक अध्ययनले डेल्टा वा बिटा भेरियन्तको तुलनामा ओमिक्रोनबाट पुनः संक्रमित हुने सम्भावना झण्डै ३ गुणा रहेको देखाउँछ । ‘अध्ययनबाट यसअघि संक्रमित व्यक्तिलाई समेत संक्रमण गर्न सक्ने क्षमता बढी हुनाले पनि ओमिक्रोन फैलिइरहेको छ’, हालै बीबीसीसँग कुरा गर्दै प्राध्यापक एवं अनुसन्धानकर्ता जुलिएट पुलियामले भनेकी थिइन् ।

अमेरिकाका वरिष्ठ रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले पनि प्रारम्भिक नतिजाअनुसार ओमिक्रोन भेरियन्टबाट गम्भीर बिरामी हुने सम्भावना कम रहेको बताएका छन् । उनले भने, ‘यसबारे अन्तिम निष्कर्ष निकाल्ने बेला भइसकेको छैन, तर हालसम्म हेर्दा यसबाट गम्भीर बिरामी हुने अवस्था धेरै देखिएको छैन ।’

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.