Fast Nepal News

कोभिड संक्रमण देखिएकामध्ये १७% मा मधुमेहको उच्च जोखिम

banner single news

११ वैशाख, काठमाडौं–कोभिड संक्रमण देखिएकामध्ये १७ प्रतिशतमा मधुमेहको उच्च जोखिम भएको एक अध्ययनले देखाएको छ । क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले विशेष गरी संक्रमणबाट लामो समयसम्म आइसियूमा उपचार गराएकामा टाइप २ डायबेटिजको समस्या देखिएको निष्कर्ष निकालेको छ ।

स्वस्थ व्यक्तिको तुलनामा कोभिड संक्रमण भएकामा मधुमेहको जोखिम दोब्बरभन्दा बढी देखिएको तथा आइसियूमै उपचार गराएकामा तेब्बरभन्दा धेरै रहेको अध्ययनको दाबी छ । अध्ययनअनुसार महिलाभन्दा पुरुष बढी प्रभावित छन् ।

कोभिड संक्रमणका कारण दीर्घकालीन असर देखिइरहेकाले मधुमेहको जोखिम बढ्नु पनि स्वाभाविक देखिएको विश्वविद्यालयका प्राध्यापक डा. नाभिद जेड जन्जुवाले बताएका छन् । ‘यो अध्ययन यति महत्वपूर्ण छ कि पछिल्लो समय
बढ्दो मधुमेहको समस्या निदानका लागि ठूलो सहयोग पुर्‍याउन सक्छ ।

सन् २०२० देखि २०२१ को बीचमा करिब पाँच लाख संक्रमितमा गरिएको अध्ययनले झन्डै एक लाख २५ हजारभन्दा बढीमा टाइप २ डायबेटिजको समस्या देखिएको छ,’ उनले भने । कोभिड संक्रमितमा मधुमेहको जोखिम रहेको यसअघिका अध्ययनले समेत पुष्टि गरेका छन् । तर, ठूलो संख्यामा सहभागीमा अध्ययन गरिएको पछिल्लो अध्ययनले झन्डै १७ प्रतिशतमा उच्च जोखिम रहेको बताएको छ ।

म्याक्स हेल्थकेयरका इन्डोक्रिनोलोजी तथा डायबेटिज प्रमुख प्रोफेसनर डा. अम्ब्रिस मिथालले भनेका छन्, ‘यसअघि सिडार सेनाई मेडिकल सेन्टरले गरेको अध्ययनले भ्याक्सिन नलगाएका व्यक्तिमा बढी जोखिम रहेको बताएको थियो । गत फेब्रुअरीमा प्रकाशित उक्त अध्ययनले कोभिडविरुद्धको भ्याक्सिन लगाएकाहरूको तुलनामा नलगाएकाहरूमा २.५ गुणा बढी मधुमेहको जोखिम देखाएको थियो ।’

कोभिड संक्रमण भएकालाई मधुमेहको जोखिम किन ? 
कोभिडजस्ता भाइरसले इन्सुलिन उत्पादन गर्ने प्यान्क्रियाजमा बिटा कोषिकालाई संक्रमित पार्ने हुँदा मधुमेहको जोखिम बढेको भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलका वरिष्ठ कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट तथा मधुमेह विशेषज्ञ डा. सुवासकुमार वाङ्नुले बताएका छन् ।

Inside Article Ads

‘प्यान्क्रियाज र फोक्सोका दुवै कोषिकाहरू एसिई २ नामक रिसेप्टरहरूद्वारा डट गरिएका हुन्छन्, जसलाई भाइरसले मानव शरीरमा प्रवेश गर्ने माध्यमको रूपमा प्रयोग गर्छ । जसले कोषमा क्षति पुर्‍याउनुका साथै कोषको मृत्यु हुन्छ । यसबाहेक, प्यान्क्रियाजमा आउने बदलावले इन्फ्लेमेटरी साइटोकाइनजस्ता तत्वहरू उत्पादन हुँदा इन्सुलिन उत्पादन गर्ने प्यान्क्रियाटिक बिटा कोषिकामा क्षति पुग्छ र कोभिडका बिरामीलाई समय–समयमा मधुमेह हुन्छ,’ उनले भने ।

यसअघि २०२२ मा पोल्यान्डको वोर्कल मेडिकल विश्वविद्यालयले समेत कोभिड संक्रमणपछि मधुमेहका साथै अन्य थुप्रै संक्रमणको जोखिम रहेको बताएको थियो । उक्त अध्ययनले कोभिड संक्रमणपछि मल्पिल अर्गान डिस्फङ्सन सिन्ड्रोम, प्यान्क्रियाटिक क्यान्सरलगायतका विभिन्न समस्या हुन सक्ने बताएको थियो ।

कोभिड भाइरसले इन्सुलिनमा पार्ने सीधा असरबाहेक अन्य कारणले समेत महामारीपछि मधुमेहको समस्या अत्यधिक बढिरहेको चिकित्सकले बताएका छन् । महामारीमा उच्च मात्रामा स्टेरोइडको प्रयोग, मेन्टल ट्रमा, एन्जाइटी, तनाव र मोटोपन मधुमेहको कारण बनेको चिकित्सकले बताउँदै आएका छन् ।

समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.