Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए २ सय ४४ जना कोरोना संक्रमित

banner single news

काठमाडौं, पुष ९ – काठमाडौं उपत्यकामा थप २४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १०० महिला र १४४ पुरुषसहित २४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ६१३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ। स्वाबको पीसीआर परीक्षण गराउँदा जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

Inside Article Ads

यस्तै बिहीबार थप ७३९ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४७ हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४. प्रतिशत हो।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.