Fast Nepal News

सबै नेपालीलाई कोरोना खोप

banner single news

काठमाडौं, मंसिर २८ – अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार नागरिकको जीवन र जीविका रक्षा दुवैलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट नागरिक जोगाउन स्वास्थ्य सेवा पु¥याउने र नागरिक जीविकाको आधार रोजगारी तथा उद्यम व्यवसाय पुनस्र्थापनामा सरकार दत्तचित्त भएर लागेको उनले बताए ।

नेपाल आर्थिक पत्रकार सङ्घको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पौडेलले सबै नागरिकलाई प्राथमिकताका आधारमा कोभिड विरुद्धको खोपको व्यवस्था गरिने जानकारी दिए । १४ वर्ष नाघेका सबै नागरिकलाई प्राथमिकताका आधारमा खोप पु¥याउने गरी सरकारले ध्यान केन्द्रित गरेको छ”, उनले थपे, “गुणस्तरीय, सहज र सस्तो खोप खरिद, पर्याप्त स्रोत व्यवस्थापन गर्न सबै संयन्त्र परिचालन गर्नेछौंँ ।”

Inside Article Ads

कोरोना महामारीका कारण अर्थतन्त्र प्रभावित भएको तर सुधारका सङ्केत देखिन थालिसकेको उनको भनाइ छ । महामारी र बन्दाबन्दी प्रभावित उद्यम व्यवसाय पुनरुत्थान र नयाँ सिर्जना गर्न सरकारले विभिन्न राहत तथा सहुलियतका कार्यक्रम ल्याएको भन्दै उनले त्यसको सदुपयोग गर्न र लाभ लिन निजी क्षेत्रलाई आग्रह गरे । -गोरखापत्र दैनिक

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.