Fast Nepal News

थप १ हजार २ सय १७ जनामा कोरोना पुष्टि, १ हजार ६४ संक्रमणमुक्त

banner single news

काठमाडौं, मंसिर २५ – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कोरोना पुष्टि भएको छ। यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ।

पछिल्लो २४ घण्टामा १०६४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७ हजार २३२ जनाको पिसिआर गरिएको छ। अहिलेसम्म निको हुनेको दर ९४. २ प्रतिशत रहेको छ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.