Fast Nepal News

थप १०५६ जनामा कोरोना संक्रमण, १४८३ जना कोरोना संक्रमणमुक्त

banner single news

काठमाडौं, मंसिर २४- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पिसिआर परीक्षण भएको छ।

हाल क्वारेन्टाइनमा ५२५ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार २४५ जना सक्रिय संक्रमित छन्।

Inside Article Ads

आज १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.