Fast Nepal News

थप १४ संक्रमितको मृत्यु : मृतकको संख्या १६५१ पुग्यो

banner single news

काठमाडौं, मंसिर २४- नेपालमा एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २३ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार ५६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ। कुल संक्रमितमध्ये १२ हजार २ सय ४५ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ६ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ५ हजार ९ सय ७२ पुगेको छ। हाल ५ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.