Fast Nepal News

अमेरिकी भन्दा रुसी भ्याक्सिन सस्तो हुने

banner single news

काठमाडौं, मंसिर ८ – रुसले बनाएको कोरोना विरुद्धको भ्याक्सिन स्पुतनिक भी अमेरिकी कम्पनी फाइजर र माडर्नाले बनाएको भ्याक्सिन भन्दा सस्तो हुने भएको छ। स्पुतिनक भी को अफिसियल ट्विटर ह्याण्डलबाट गरिएको ट्वीटमा यस्तो दाबी गरिएको हो।

यो भ्याक्सिन बनाउने रसियन डाइरेक्टर इन्भेस्टमेन्ट फण्डका प्रवक्तालाई उद्धृत गर्दै तास न्युज एजेन्सीले भ्याक्सिनको मूल्य अर्को हप्ता सार्वजनिक गरिएको जनाएको छ।

कम्पनीको ट्वीटमा भनिएको छ, ‘फाइजरका तर्फबाट बताएको एउटा भ्याक्सिनको एक डोजको मूलय १९.५० डलर हुनेछ। माडर्नाको मूल्य २५ देखि ३७ डलर राखिएको छ। एक व्यक्तिले दुई डोज लिनुपर्छ। यो हिसावले यसको मूल्य ३९ डलरदेखि ५० देखि ७४ डरलसम्म हुन्छ। यसको अनुपातमा स्पुतनिक–भी को मूल्य निकै कम हुनेछ।’

Inside Article Ads

यो भ्याक्सिनलाई ग्यामेलिया नेशनल रिसर्च सेन्टर फर एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजी र रसियन डाइरेन्ट इन्भेस्मेन्ट फण्ड मिलेर विकसित गरेका हुन्।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.