Fast Nepal News

थप २ हजार ७५३ जनामा कोरोना पुष्टि, २ हजार २०६ डिस्चार्ज

banner single news

काठमाडौं, कात्तिक २२ – पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।

हालसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज २ हजार २०६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ।

Inside Article Ads

पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.