Fast Nepal News

कर्मचारीमा कोराना संक्रमण भएपछि सैनामैना नगरपालिकाको सेवा बन्द

banner single news

काठमाडौं, कात्तिक २० –  कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहका सेवा बन्द गर्ने क्रम जारी छ । यसैक्रममा रुपन्देहीको सैनामैना नगरपालिका र दाडको दंगीशरण गाउँपालिकाको सेवा बन्द गरिएको छ । रुपन्देहीको सैनामैना नगरपालिका कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेपछि नगरपालिका कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको हो ।

नगरपालिका कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमणको कन्ट्रयाक्ट टे«सिङमा परेपछि सेवा प्रवाह र कार्यालय बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बताए । अर्यालका अनुसार कार्तिक २१ गते शुक्रबारदेखि २४ गते सम्म सेवा बन्द गरिएको हो ।

संक्रमणको दर अझै बढ्ने सम्भावना भएकोले संक्रमणको न्यूनिकरण गर्न कार्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । यो अवधिमा अत्यावश्यक स्वास्थ्य र सरसफाई बाहेकका सम्पूर्ण कामहरु बन्द रहने छन् । नगरपालिका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीका अनुसार सैनामैनामा अहिले सम्म ३ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ७९ जना निको भएका छन् भने ४ जनाको मृत्यु भइसकेको छ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.