Fast Nepal News

२४ घण्टामा थप २८ सय २४ जनामा कोरोना पुष्टि, ३६ सय २० निको भए

banner single news

काठमाडौं, कात्तिक १६ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप जनामा २ हजार ८२४ कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए।आज देशभरमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ। पछिल्लो २४ घण्टामा थप १३ हजार २३ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १४ लख ५६ हजार ३६६ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ६२० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ।यो कूल संक्रमितको ७७.७ प्रतिशत हो।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.