Fast Nepal News

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघ्यो

banner single news

काठमाडौं, कात्तिक ६ – पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो सहित कोरोना संक्रमितको जम्मा संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ ।

Inside Article Ads

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार २१५ छ । योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भइ डिस्चार्ज भएका छन् ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.