Fast Nepal News

कोरोनाको निःशुल्क उपचारका लागि आवश्यक मापदण्ड जारी

banner single news

काठमाडौं, कात्तिक ४- स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले कोभिड-१९ सङ्क्रमणको परीक्षण तथा उपचार निःशुल्क गर्ने/गराउने आधार जारी गरेको छ । सरकारले तोकेका निःशुल्क परीक्षण तथा उपचारका लागि लक्षित वर्गहरुले निःशुल्क आधारबारे केन्द्रले सूचना जारी गरी थप प्रस्ट पारेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायतको मात्रै सरकारले लक्षण देखिएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।

निःशुल्क उपचार तथा परीक्षणका लागि विपन्न वर्ग दाबी गर्न विपन्न परिचयपत्र र विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशिका अनुसारको सिफारिस भएको वा स्वयं घोषणा मध्येको एक, अशक्तताको प्रमाणपत्र वा स्वयं घोषणा, असहायको सिफारिस वा स्वयं घोषणा, असहाय एकल महिलाको प्रमाणपत्र वा स्वयं घोषणा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

अति अपांगताको प्रमाणपत्र हुनुपर्ने, जेष्ठ नागरिकको हकमा ७० वर्ष पुगेको नागरिकताको प्रमाणपत्र वा उमेरको स्वयं घोषणा र अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुले सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिसका आधारमा निःशुल्क परीक्षण तथा उपचार पाउने भनिएको छ ।

Inside Article Ads

आकस्मिक उपचारका लागि आधार प्रमाणहरु नभएकै कारणले उपचारबाट वञ्चित गर्न नपाइने पनि सूचनामा उल्लेख छ । कुनै विभेद गर्न नपाइने भनिएको छ । केन्द्रले निःशुल्क भनिएका व्यक्तिहरुले कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च त्यही बीमा रकमबाट व्यहोर्ने स्पष्ट पारेको छ ।

केन्द्रका प्रमुख डाक्टर समिरकुमार अधिकारीले सरकारले जारी गरेको आधार र प्रमाण अनुसार सम्पूर्ण अस्पताल तथा प्रयोगशालाले यो निर्णय लागू गर्न आग्रह गर्नुभएको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.