Fast Nepal News

सांसद राम बहादुर गुरुङलाई कोरोना पुष्टि

banner single news

मदन तिमल्सेना
असोज २९ गते तनहुँ, तनहुँ श्रेत्र नम्बर १ `क ´बाट निर्वाचित गण्डकी प्रदेशका माननीय राम बहादुर गुरुङलाई कोरोना पोजेटिभ देखिएको छ । यहाँ आफैले सामाजिक संजाल फेसबुकमा यस्तो लेख्नुभएको छ।
“गण्डकी प्रदेशबाट काठमाडौं अाउने क्रममा हल्का ज्वोरो आएको जस्तो महशुस गरे । हिजो बुधबार विहान कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी पाए । हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । पोजेटिभ देखिएकाले Kantipur Hospital & Research Center मा भर्ना भएर कोभिडको उपचार गरिरहेको छु । अत्यन्त जरुरी भएमा कृपया म्यासेज गर्नु होला । केहि दिन यता तनहुँको विभिन्न क्षेत्रमा विकास निर्माणको आयोजनाहरु अनुगमन गर्ने क्रममा म सँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक अरु के नै बिकल्प छ र ? ” लेख्नु भएको छ । उहाँ विकास निर्माणको आयोजनाहरुको अनुगमन गर्नु भएको थियो ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.