काठमाडौँ, अशोज २९ – काठमाडौं जिल्लामा कोरोनाको कारण १ सय ३२ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुने यो संख्या देशभर मृत्यु भएको संख्यामध्ये एउटै जिल्लामा सर्वाधिक हो ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंकाअनुसार काठमाडौंको ११ वटा स्थानीय तहहरुमा भएको कोरोना संक्रमितहरुमध्ये १ सय ३८ जनाले कोरोना जित्न नसकेका हुन् । स्थानीय तहहरुमा सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या काठमाडौं महानगरपालिकामा रहेका छन् ।महानगरमा मात्र ९७ जनाको कोरोनाबाट मृत्यु भएका छन् । त्यस्तै जिल्लामा कोरोनाबाट अहिलेसम्म २३ हजार ९ सय ३२ जना संक्रमित रहेका छन् ।
जसमा सबैभन्दा बढी महानगरमा १६ हजार ७ सय ३३ जना रहेका छन् । दोस्रोमा बुढानिलकण्ठ नगरपालिकामा ९ सय ७६ जना रहेका छन् । काठमाडौं महानगरपालिकामा मात्र ७ हजार ८ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।काठमाडौं जिल्लामा अहिलेसम्म ११ हजार ३ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा १० हजार ९ सय ३४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।