Fast Nepal News

गाउँपालिका भित्र पिसीआर रिर्पोट नेगेटिभ भए मात्रै प्रवेश

banner single news

पाल्पा— आश्विन २९, २०७७।

कोरोना संक्रमणको संभावनालाई मध्यनजर गरी पाल्पाको एक गाउपालिकाले वाहिरबाट गाउपालिका भित्र प्रवेश गर्नेहरुलाई अनिवार्य रुपमा पिसीआर रिर्पोट नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने निर्देशन जारी गरेको छ । पूर्वी पाल्पामा रहेको पूर्वखोला गाउँपालिकाले भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट आउँदा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको हो ।

पीसीआर नेगेटिभ रिपोर्ट नल्याउने ब्यक्ति गाउपालिकाद्धारा तोकिएको क्वारेन्टिनमा अनिवार्य १४ दिन बस्नुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले एक सूचना जारी गरि जनाएको हो । कोरोना परिक्षणको रिर्पोट गाउपालिकाको स्वास्थ्य शाखा वा सम्वन्धित वडाको स्वास्थ्य चौकीमा वुझाउनु पर्ने र रिर्पोट ७२ घण्टा भित्रको नेगेटिभ भएमा मात्र गाउमा प्रवेश पाइने उल्लेख छ ।।

छिमेकी गाउपालिका र सोही गाउ पालिका भित्र पनि समुदाय स्तरमा समेत कोरोना फैलिइसकेको निष्कर्ष निकाल्दै दशैं नजिकिँदै जाँदा भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट भित्र्निेहरुको संख्या बढ्दो क्रममा रहेकोले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।

Inside Article Ads

‘त्यस्ता स्थानबाट आउने ब्यक्ति सोझै घररसमुदायस्तरमा घुलमिल हुँदा कोरोना भाईरस समुदाय स्तरमा फैलन सक्ने जोखिम उच्च भएकाले अनिवार्य रुपमा पीसीआर परीक्षण गराई ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट साथमा लिएर नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई आउनुपर्नेछ’ – सूचनामा भनिएको छ ।

पीसीआर नेगेटिभ रिपोर्ट नलिई लुकिछिपी घर आउने, समुदायका घुलमिल हुने तथा लुकिछिपी भित्र्याउन र राख्न सहयोग गर्ने गरेको पाईएमा संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाहीका लागि सिफारिस गरिने समेत गाउँपालिकाले जनाएको छ । अत्यावश्यक कामबाहेक छिमेकी स्थानीय तहमा आवतजावत नगर्न समेत गाउँपालिकाले गाउँबासीमा आग्रह गरेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुद्धारा जारी सूचनामा उल्लेख गरिएको खबर समाचारपत्रले प्रकाशन गरेको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.