Fast Nepal News

गोरखामा दसैंमा घर आउनेले ७ दिन क्वारेन्टिन बस्नुपर्ने

banner single news

गोरखाको गण्डकी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै दसैं तिहारमा गाउँ आउनेका लागि कडा नियम लागू गरेको छ। दसैंका लागि आउनेहरू असोज ३० भित्र गाउँ आइसक्नुपर्ने र एक साता होम क्वारेन्टिन बस्नुपर्ने गरी गाउँपालिकाको वडा नम्बर ४ ले यस्तो नियम लगाएको हो।

विदेशबाट आउनेहरूले अनिवार्य रूपमा पिसिआर रिपोर्ट देखाउनुपर्ने पनि वडाको नियम छ। वडाले पिङ हाल्न, जुवातास खेल्न पनि रोकेको छ। यस्तै चाडपर्व विशेष किनमेल असोज ३० भित्र सक्न पनि वडाले आग्रह गरेको हो।

Inside Article Ads

वडाले सर्वदलीय बैठक गरी यस्तो नियम लगाएको हो। वडाको यस्तो नियमलाई लिएर विरोध पनि भइरहेको छ। वडा सचिव कमल खनालले आइतबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको भन्दै सूचना निकालेका छन्।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.