Fast Nepal News

झापामा ९ जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि

banner single news

काठमाडौं, असोज २६ – झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. वीरेन्द्रकुमार यादवसहित अस्पतालमा कार्यरत नौ जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्यान्सर रोग विशेषज्ञ डा. यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको छ । अन्य चिकित्सकको विराटनगरस्थित विराट मेडिकल कलेजमा पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको थियो ।

Inside Article Ads

झापामा आइतबार ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय १० पुगेको छ भने १२ जनाको मृत्यु भएको छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.