Fast Nepal News

उपत्यकामा मात्रै २६७२ जना कोरोना संक्रमित थपिए

banner single news

काठमाडौं असोज २४ , बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् ।

Inside Article Ads

पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहेको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.