Fast Nepal News

१ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

banner single news

काठमाडौं, असोज १४ – पछिल्लो २४ घण्टामा देशभर १५५९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार आज देशभर सक्रिय संक्रमित १० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ । यस्तै आज १२ हजार २०५ जनाको पीसीआर परीक्षण भएको छ ।

Inside Article Ads

यसैबीच देशभर पछिल्लो २४ घण्टामा १ हजार ५७ संक्रमित कोरोना जितेर घर फर्किएका छन् भने निको हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.