Fast Nepal News

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

banner single news

काठमाडौं, असोज ११ – नेपालमा पुष्टि भएका कुल कोरोना संक्रमितमध्ये २० हजार ६ सय ९८ जना काठमाडौं उपत्यकामा मात्र रहेका छन्। शनिबारसम्ममा काठमाडौंमा १६ हजार ८ सय ५० जना, ललितपुरमा १९ सय ९५ र भक्तपुरमा १८ सय ५३ जना संक्रमित भएका छन्। गत २४ घण्टामा मात्र ७ सय २४ जना संक्रमित भएका हुन्।

संक्रमित हुनेमध्ये धेरै संख्या २१ देखि ५० वर्षभित्रका उमेर समूह रहेको राष्ट्रिय इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। एक महिनादेखि उपत्यकाको संक्रमण दर देशभरिको नयाँ संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी उपत्यकामा मात्र भइरहेको पाइएको छ।

उपत्यकामा निषेधाज्ञामा पनि कोरोना नियन्त्रण हुन नसकेको र लकडाउन खुलेपछि थप वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपत्यका बाहिर घनाबस्ती भएको सहर चितवन, मोरङ्ग र रुपन्देहीमा पनि संक्रमणमा वृद्धि भइरहेको मन्त्रालयले जनाएको छ। उपत्यकामा घनाबस्ती हुनुले भौतिक दूरी कायम हुन नसक्नाले संक्रमण नियन्त्रण हुन नसकेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाइ छ।

Inside Article Ads

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्याकं अधिकृत कृष्णराज पाण्डेका अनुसार उपत्यकाका सुरक्षाका नियम पालना नगरकै कारण संक्रमण नियन्त्रण हुन नसकेको बताउँछन्। ‘हामीमा जति भने पनि नसुन्ने प्रवृत्ति कायमै देखिन्छ,’ उनले भने। काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काका अनुसार उपत्यकामा तरकारी बजार, फलफूल पसल जस्ता बजारमा भौतिक दूरी कायम नहुनाले पनि संक्रमण वृद्धि भइरहेको छ। यसको साथै ७७ ओटै जिल्लामा मानिस काठमााडौंमै भेला हुनु, संक्रमितहरु सम्पर्कबाहिर हुनुले पनि संक्रमण नियन्त्रण हुन सकेको छैन।

‘काठमाडौंमा बाहिरबाट आएका कामदारले परीक्षण गर्ने क्रममै सही सम्पर्क नम्बर नदिँदा पनि कतिपय संक्रमित आइसोलेसन बाहिरै रहेको अवस्था छ,’ प्रमुख खड्काले भने।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.