Fast Nepal News

शनिबार चौदण्डीगढी र त्रिभुवन आर्मी भिड्ने

banner single news
काठमाडौँ, । जारी महिला राष्ट्रिय फुटबल लिगअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिकाविरुद्ध आगामी शनिबार खेल्दै छ।

कमजोर प्रदर्शन गरिरहेको चौदण्डीगढीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बलियो विभागीय टोली आर्मीको सामना गरेसँगै दोस्रो चरणका लिग खेल सुरु हुनेछन्। शनिबार एक मात्र खेल हुनेछ। तीन विभागीयसहित कुल सात टोली सम्मिलित लिगमा पहिलो चरणका खेल सकिँदा आर्मी दोस्रो र चौदण्डीगढी पुछारमा छन्। जारी लिगमा आर्मीले सशक्त रक्षापंक्तिका साथै अग्रपंक्तिले पनि आक्रामक खेल प्रदर्शन गरिरहेको छ भने चोटले सताएको चौदण्डीगढीका लागि लिग सुखद बन्न सकिरहेको छैन। ६ खेल सकिँदा आर्मीले चार जित, एक बराबरी र एक मात्र हार शीर्ष टोली एपिएफसँग बेहोरेको छ।

जारी लिगमा बलियो रक्षापंक्ति साबित भएको आर्मीले एपिएफबाहेक अन्य कुनै पनि टोलीसँग गोल बेहोरेको छैन। साथै आर्मीको अग्रपंक्तिले पनि जारी लिगमा आफूलाई प्रमाणित गरेको छ। यद्यपि, आर्मीको अग्रपंक्तिले पहिलो चरणमा दुई विभागीय टोलीविरुद्ध भने सफलता पाउन सकेको थिएन। आर्मीले एपिएफसँग २–० र पुलिससँग गोलरहित बराबरी खेलेको थियो। तथापि, आर्मीले यी दुवै टोलीमाथि निकै चुनौती प्रस्तुत गरेको थियो। अन्य टोलीविरुद्ध भने आर्मी सहजै हाबी भएको छ। यता चौदण्डीगढीले पहिलो चरणमा खराब प्रदर्शन गर्दा अधिकांश खेलाडीलाई चोटले सताएको थियो।

यद्यपि, चौदण्डीगढीका प्रशिक्षक दीपक थापाले आफ्ना खेलाडीले आरामको समय नपाएकाले त्यसको प्रभाव खेलमा परेको बताएका थिए। ‘खेलाडीले आरामको समय पाएका छैनन्। एक दिनको अन्तरमा निरन्तर खेल्नुपरेको छ। यसको असर खेलाडीमा प्रत्यक्ष देखिएको छ,’ केही दिन अगाडि मात्र चौदण्डीगढीका प्रशिक्षकले भनेका थिए। प्रशिक्षक थापाले भनेजस्तै उनको टोलीका तीनजनै गोलकिपर चोटग्रस्त भए, जसका कारण मिडफिल्डर अन्जना थुलुङले पनि गोलकिपरको भूमिका निर्वाह गरेकी थिइन्। चोटका साथै कमजोर रक्षापंक्ति र अग्रपंक्ति रहेको चौदण्डीगढीले पहिलो चरणकै लिगमा ६३ गोल बेहोर्दा एक मात्र गोल गर्न सफल भएको छ।

Inside Article Ads

उसले एक मात्र गोल चन्द्रपुर नगरपालिकाविरुद्ध गरेको थियो। चौदगण्डीगढीले दोस्रो चरणको लिगको पहिलो खेलमा शनिबार आर्मीको सामना गर्दै छ। बलियो आर्मीविरुद्ध रक्षात्मक रणनीतिका साथ खेल्ने चौदण्डीगढीको लक्ष्य रहनेछ। पहिलो चरणमा आर्मीसँगै १२–० को हार बेहोरेको चौदण्डीगढीलाई आक्रामक विभागीय टोलीको अग्रपंक्तिलाई रोक्न त्यति सहज भने हुनेछैन। आर्मी अन्य मोफसल टोली विराटनगरमाथि ७–०, चन्द्रपुरमाथि १०–० र वालिङमाथि ७–० ले पूर्ण रूपमा हाबी भएको थियो।

आर्मीका लागि शर्मिला थापामगर गोल मेसिन साबित भइरहँदा उदीयमान युवा डिफेन्डर विमला विकले बलियो साथ दिएकी छन्। आर्मीले शीर्ष टोली एपिएफसँग फागुन ७ गते दशरथ रंगशालामा खेलेसँगै महिला राष्ट्रिय फुटबल लिग सम्पन्न हुनेछ। आर्मी त्यो खेल जित्दै पहिलो चरणमा बेहोरेको हारको बदलासमेत लिने योजनामा रहनेछ।साभार -नागरिक न्युज

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.