Fast Nepal News

चौकुने प्रमियर लिग CPL सम्पन्न, कर्णाली स्पोर्ट्सले हात पार्‍यो पहिलो सिजनको उपाधि

banner single news

नेपालमा पछिल्ला वर्षहरूमा क्रिकेटको लोकप्रियता आसमान छोइरहेको छ। एक समय सीमित क्षेत्रमा मात्र सीमित यो खेल आज गाउँगाउँमा चर्चा र उत्साहको केन्द्र बन्दै गएको छ। यही लहरको स्पष्ट उदाहरण बनेको छ, चौकुनेमा हालै सम्पन्न भएको प्रिमियर लिग, जसले स्थानीय स्तरमा चर्चा पाएको छ ।

नेपालले नै पछिल्लो समय फड्को मारिरहेको क्रीकेट खेलको महत्त्व झन् तिब्र बन्दै गइरहेको छ ।

प्राय धेरैले नबुझेको क्रिकेट खेलको व्यापकता अब देशका कुनाकन्धरामा पनि व्यापक बन्न थालेको छ । क्रीकेटको पछिल्लो समयमा क्रेज ह्वात्तै बढिरहेको परिप्रेक्ष्यमा चौकुनेमा प्रमियर लिग नै आयोजना गरिएपछि धेरै खेलप्रेमीहररू हौसिएका छन् । दर्शकहरू खेललाई उत्साहजनक बनाउन रूचि राख्दै विशालबजारको मैदानसम्म मात्रै पुगेनन् जसले गर्दा खेलाडीहरूको मनोबल समेत बढ्यो । उत्कृष्ट खेलाडीलाई छुट्टै सम्मान गर्दा उनिहरूमा पनि यसको बृहत्तर विकासमा ध्यानाकर्षित भयो । 

विशालबजारको रंगशालामा जब खेल सुरु भयो, दर्शकहरूको उपस्थितिले त्यो मैदानलाई एउटा सानो ‘स्टेडियम’ जस्तै बनायो । युवादेखि वृद्धसम्म, विद्यार्थीदेखि व्यवसायीसम्म मात्र के जनप्रतिनिधि समेत कुनै उमेरहदमा नबाँधी मैदानमा उत्रिए ।

यस्तो सम्म दृश्य देखियो कि बाबुछोरा नै मैदानमा उत्रिएर बलिङ र ब्याटिङ प्रदर्शन गरिरहेका थिए । त्यही उदाहरण हुन् चौकुने गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष धनिराम धमाला ।

९ टिम सहभागी भएको लिगको फाइनलमा कोब्रा ग्याङ र कर्णाली स्पोर्ट्स बीच भिडन्त भएको थियो । टस जितेर ब्याटिङ रोजेको कर्णाली स्पोर्ट्सले १२ ओभरमा १३२ रनको लक्ष्य दियो। १३२ रन पछ्याउँदै कोब्रा ग्याङले १२ ओभरमा ८८ रन जोड्न पुगेर दोश्रो स्थान हाँसिल गर्‍यो भने कर्णाली स्पोर्ट्सले चौकुने प्रमियर लिग (CPL) को पहिलो सिजन हात पार्‍यो ।

Inside Article Ads

क्रीकेटका माध्यमबाट पनि चौकुनेलाई चिनाउने र क्रीकेट प्रति आकर्षकता बढाई पछिल्लो पुस्तालाई राष्ट्रियस्तरका खेलाडी बनाउने सपनाको सुरुवाती रुप यो लिग भएको चौकुने गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष धनिराम धमालाले बताए । अध्यक्ष धमालाले उत्साहजनक बनाउन प्रथम लिग आयोजना गर्न आट गर्ने बिशालबजार युवा समितिलाई र सहभागी टिमलाई धन्यवाद समेत दिए । उनले क्रीकेटलाई थप प्रवर्द्धन गर्न सरकारका तिनै तह र चौकुने गाउँपालिकाले थप पहलकदमी लिनुपर्ने बताए । चौकुने ९ र १० मा राम्रा खेलाडी उत्पादन भइरहेकोमा खुसी लागेको बताउँदै अध्यक्ष धमालाले ७ र ८ मा समेत क्रीकेट फस्टाइरहेको बताए । दुई वर्षको अन्तराल मै लिग आयोजना गरेर यो तह सम्मको कार्यक्रम हुनुमा गर्व लागेको उनको भनाइ छ ।

 

उनले भने; यो सुखद क्षण हो यसले सुखद नतिजा पनि ल्याउन सक्छ । त्यसका लागि पालिकाले थप ठुला लिग प्रतियोगिताहरू आयोजना गर्न सक्यो भने अझ राम्रो हुन्छ भन्ने लागेको छ । 

सबैको नजर बल र ब्याटमा टिकेको थियो। गाउँकै धुलाम्मे मैदानमा यस्तो उत्साह पहिलोपटक देखिएको कोब्रा ग्याङका खेलाडी ईश्वर जोशीले बताए। “हामीले यति धेरै उत्साहित हुन्छौ सोचेका थिएनौँ,” जोशीले भने, “यो जनउत्साह देख्दा लाग्छ, क्रिकेट अब चौकुनेको भावना बनेको छ।”

प्रतियोगितामा विभिन्न टिमहरूबीचको प्रतिस्पर्धा उत्साहजनक मात्र होइन, प्रेरणादायक पनि बन्यो। स्थानीय खेलाडीहरूलाई मौका दिइँदा उनीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न सके। जसले खेलप्रेमी र नयाँ पुस्तामा थप ऊर्जा भर्‍यो। विशालबजार युवा समिति, चौकुने गाउँपालिका वडा नम्बर ८ र व्यापारी समुदायको संयुक्त प्रयासमा आयोजना गरिएको यो लिगले चौकुनेको पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको छ। 

स्थानीय खेलाडीहरू अब राष्ट्रिय टिमसम्म पुग्ने सपना देख्न थालेका छन्।
यो खेल अब मैदानमा प्रतिस्पर्धा मात्रै होइन, ग्रामीण उत्साह, एकता र सम्भावना बनोस् ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.