Fast Nepal News

नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको आयोजनामा रेफ्री ट्रेनिङ सम्पन्न

banner single news

काठमाडौँ — पुस २७, २०७७।

नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको अध्यक्ष तथा नेपाल ब्रान्छ चीफ वर्ल्ड कमिटीका उपाध्यक्ष शिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा संचालित रेफ्री प्रशिक्षण कार्यक्रममा आशापुरी डोजो भक्तपुरका सल्लाहकार गोविन्दबहादुर अधिकारी, संघको काठमाडौ जिल्ला अध्यक्ष राजकृष्ण श्रेष्ठ, संघको ललितपुर जिल्ला अध्यक्ष हेराकाजी देशार अतिथिको रुपमा उपस्थित थिए ।

नेपाल क्योकुशिन सेईसिन काईकान कराँते डो, आशापुरी डोजो प्रमुख हर्कबहादुर तामाङको प्रमुख संयोजकत्वमा संचालित प्रशिक्षण कार्यक्रमको संचालन मिस नेवा: प्रजिता श्रेष्ठले गरेकी थिईन ।

नेपालभरीका ३० जिल्ला तथा नेपाल आर्मी टिमबाट गरि कुल ९१ जना प्रशिक्षार्थी लाई नेपाल फुलकन्ट्याक्र कराँते महासंघका वरिष्ठ उपाध्यक्ष तथा टेक्निकल चीफ रामजी प्रसाद बज्राचार्यबाट प्रशिक्षण प्रदान गरिएको थियो ।

Inside Article Ads

संघको महासचिव प्रविन बस्नेतको स्वागत मन्तव्य संगै शुरु भएको प्रशिक्षण कार्यक्रममा भक्तपुर डोजो सचिव सुरेन्द्र लामा लगायतले मन्तव्य राख्नु भएको थियो । पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गरिएको कार्यक्रममा बस्नेतले स्वागत मन्तव्यको क्रममा अहिले विश्वब्यापी रुपमा फैलिरहेको कोभिड–१९ ले समग्र खेलकुद क्षेत्रलाई नै प्रभावित गरिरहेको छ र पनि यो समय संग उच्च मनोबलका साथ लडने र सजगताका साथ दैनिक खेलकुद गतिविधिलाई संचालन गर्नुपर्नेमा जोड दिएका थिए !

उक्त कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि सुर्यविनायक न.पा. भक्तपुर मेयर वाशुदेव थापा द्धारा आत्मसुरक्षाको कला जो कोहिले सिक्नुपर्ने, स्वस्थ नेपाल समृद्ध नेपालको लागि पनि कराँतेले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकोले भक्तपुर क्षेत्रमा कराँतेको प्रशिक्षण तथा प्रवर्द्धन र विकासको निमित्त आर्थिक, भौतिक तथा शैक्षिक सहयोग प्रदान गर्न सदैव तत्पर रहने जनाएका छन ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.