Fast Nepal News

सुआरेजको गोलमा एट्लेटिकोलाई २ अंकको अग्रता, रियल मड्रिड बराबरीमा रोकियो

banner single news

काठमाडौं, पुस १६ – स्पानिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडले जित हात पार्दा रियल मड्रिड भने बराबरीमा रोकिएको छ । लुइस सुआरेजको एक मात्र गोल मद्दतमा एट्लेटिकोले गेटाफेलाई १-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सुआरेजले यानिक कारास्कोको पासमा २०औं मिनेटमा गोल गरेका थिए । त्यही गोल एट्लेटिकोलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।प्रशिक्षक डिएगो सिमिओनीका एट्लेटिकोमा यो ५ सयौँ खेल समेत हो । उनको प्रशिक्षणमा यो ३०१औं जितसमेत हो ।

जितपछि रियल भन्दा दुई खेल कम खेलेको एट्लेटिकोले रियलमाथि नै २ अंकको अग्रता बनाएको छ । १४ खेलबाट ३५ अंकसहित एट्लेटिको शीर्ष स्थानमा छ । १६ खेलबाट रियल ३३ अंकसहित दोस्रो स्थानमा छ ।

Inside Article Ads

एल्चेसँग १-१ को बराबरीमा रोकिएपछि रियलले एट्लेटिकोसँग अंक बराबरी गर्ने अवसर गुमाएको हो । एल्चेको मैदानमा भएको खेलको २०औं मिनेटमा लुका जोभिकले गोल गर्दै रियललाई पहिले अग्रता दिलाएका थिए ।पहिलो हाफमा रियलले अग्रता कायम गरेपनि दोस्रो हाफमा एल्चेले बराबरी गोल फर्कायो । एल्चेका फिडेल चाभेजले ५२औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएका हुन् ।बराबरीपछि १४ खेलबाट १६ अंक जोडेको एल्चे १५औँ स्थानमा छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.