Fast Nepal News

टी २० क्रिकेट विश्वकपमा सन्दीपको नाम राखेसँगै नेपाली टिममा १६ खेलाडी

banner single news

इन्टरनेसनल क्रिकेट काउन्सिल आईसीसीले अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी २० क्रिकेट विश्वकपका लागि नेपाली टिममा पूर्व कप्तान सन्दीप लामिछानेको नाम राखेको छ ।

आईसीसीले मंगलबार सन्दीपको नाम राखेसँगै नेपाली टिममा १६ खेलाडी अटाएका छन् ।

आईसीसीको वेबसाइटमा समेटिएको नामावली अनुसार टिममा सन्दीपसँगै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल मल्ल, आशिफ शेख, अनिल साह, अविनाश बोहरा, कमल सिंह ऐरी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सागर ढकाल र सोमपाल कामी रहेका छन् ।

सन्दीप नेपाली टिममा परेपनि समूह डी अन्तर्गत बुधबार बिहान अमेरिकामा हुने श्रीलंकाविरुद्धको खेलका लागि सन्दीप अनुपस्थित हुनेछन् ।

Inside Article Ads

अमेरिकाले भिषा नदिएका कारण सन्दीपले अमेरिकाको दुवै खेल गुमाउने पुगेका हुन् । तर उनी वेस्ट इन्डिजमा हुने दुवै खेलमा सहभागी हुन पाउने भएका छन् । उनी वेस्ट इन्डिज पुगिसकेका छन् ।

नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल वेस्ट इन्डिजमा खेल्दैछ ।

 

Visited 9 times, 2 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.