Fast Nepal News

बीबीएल खेल्न सन्दीप आज अस्ट्रेलिया जाँदै

banner single news

काठमाडौं, मंसिर २९ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास क्रिकेट लिग (बीबीएल) खेल्न आज मंगलबार अस्ट्रेलिया जाँदै छन्।
सन्दीप बिबिएल खेल्न आज विहान ११ बजे कतार एयरवेजबाट अस्ट्रेलिया जान लागेका हुन् ।

यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीप यो सिजनमा होबर्ट हरिकेन्ससँग आबद्ध छन् ।अस्ट्रेलिया पुगेर करिब १४ दिनको क्वारेन्टाइनमा बस्ने सन्दीपले ३० डिसेम्बरभन्दा अघिको खेल भने खेल्न पाउने छैनन्।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.