काठमाडौं, मंसिर ११ – – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । उनको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । म्याराडोनाले मस्तिष्कमा रगत जमेपछि तीन हप्ता अघि शल्यक्रिया गरेका थिए ।
उनको करियर १६ वर्षको उमेरमा अर्जेन्टिनाका कनिष्ठ टोलीसँग शुरू भएको थियो । म्याराडोनाले आफ्नो कप्तानीमा १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जिताएका थिए ।
आर्जेन्टिनालाई विश्वकप जिताउन उनले महत्वपूर्ण भूमिका निभाएका थिए । उनी ३७ बर्षको उमेरसम्म व्यवसायिक खेल खेलिरहेका थिए ।