Fast Nepal News

भुटानविरुद्ध लाओस सफल

लाओसले भुटानलाई २–१ ले पराजित गरेपछि समूह चरणको अन्तिम खेलबाट प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको फाइनल पुग्ने दुई टिमको टुंगो लाग्ने

banner single news

१२ चैत,काठमाडौँ-अन्तर्राष्ट्रिय फुटबलमा डिसेम्बर २०१९ यता पहिलोपल्ट फर्किएको भुटानको पुरुष राष्ट्रिय टिमले दक्षिण–पूर्वी एसियाली देश लाओसलाई दशरथ रंगशालामा शनिबार राम्रै चुनौती दियो । तर, बोनपछान बोनकोङको दुई गोलसँगै लाओसले २–१ को जित रच्दै प्रधानमन्त्री त्रिदेशीय कपमा फाइनल पुग्ने सम्भावना कायमै राख्यो ।

जर्मन प्रशिक्षक माइकल वेसले सम्हालेको लाओसको जितसँगै प्रधानमन्त्री कपको फाइनल खेल्ने दुई टिमको फैसला नेपाल र भुटानबीच मंगलबार हुने खेलको नतिजाले गर्नेछ । बुधबार पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । त्यसैले शनिबार लाओसले हात पारेको जितले समूह चरणमा नेपालविरुद्ध भुटानको खेल बाँकी छँदा फाइनल पुग्ने तीनै टिमको सम्भावना कायम राखेको छ । यस्तो अवस्थामा उपाधि होडमा उभिने सबैभन्दा बलियो सम्भावना नेपालको छ । घरेलु मैदानमा भुटानविरुद्ध जित वा बराबरी नतिजाले मात्रै होइन, दुई गोल अन्तरसम्मको हारमा पनि नेपाल फाइनलमा पुग्नेछ ।

लाओसविरुद्ध पहिलोपल्ट खेल्दै हारेपछि भुटानी टिमका मुख्य प्रशिक्षक पेमा दोर्जीले भने, ‘जुन चाहिँ योजना गरेको छ, त्योसँग खेल्नुभयो खेलाडीहरूले । अन्तिममा अलिकति थाकेर एकाग्रता गुमायो । त्यसले गर्दा गोल खायो । समग्रमा केटाहरूले राम्रै खेल्यो । खुसी छ । अर्को खेल घरेलु टिमसँग पर्दै छ । भन्न सक्दैन के हुन्छ, गोलको आँखा हुँदैन । त्यल्ले गरेर कोल्ले जित्छ थाहै हुँदैन । नेपालसँग खेल्नुपर्दा घरेलु मैदान र समर्थकले गर्दा अलिकति गाह्रै पर्छ । अब नेपालसँग कसरी खेल्ने त्यो योजना गर्छौं ।’ भुटानलाई दक्षिण एसियाली फुटबलमै कमजोर टिम मानिन्छ । यस्तो टिमवरुद्ध नेपाल हालसम्म अपराजित छ ।

Inside Article Ads

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.