
काठमाडौ। भारतको पन्जाबमा भएको इन्डो नेपाल इन्टरनेशनल कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपालले १५ स्वर्ण ८ रजत र २ कास्य पदकका साथ नेपाली टिमले प्रथम स्थान हाँसिल गरेका छन् ।

यहि कार्तिक २०/२१ गत्ते का दिन पंजबमा भएको इन्डो नेपाल इन्टरनेशनल कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपालको तर्फबाट २५ जना सहभागि प्रतियोगितामा ईन्टरनेशनल कराते किक बक्सिङ फेडेरेशन (IKKF) का तर्फ बाट ११ स्वर्ण कुङ-फु बाट ५ स्वर्ण, त्यसै गरि ८ रजत, र २ काश्य जित्न सफल भएका छन्। स्वर्ण तर्फ सुन माया तामाङ (सृजना) काता बाट, सुमन खड्का ( किक बक्सिङ), मिला तामाङ(निकोर) (किक बक्सिङ), बियम तामाङ( किक बक्सिङ), सागर तामाङ (किक बक्सिङ ) बिजय रूम्बा (किक बक्सिङ), साजन बोम्जन (किक बक्सिङ),सिम्रिका कुँवर काता बाट स्वर्ण किक बक्सिङबाट रजत, साइना महर्जन काता बाट स्वर्ण किक बक्सिङ बाट रजत, मणिम लामा स्वर्ण (किक बक्सिङ),रन्जित राई स्वर्ण (किक बक्सिङ), दर्शना तामाङ स्वर्ण (किक बक्सिङ) काता बाट काश्य, आर्यन रावल काताबाट स्वर्ण र किक बक्सिङ बाट रजत, प्रचिता तामाङ स्वर्ण (किक बक्सिङ) , प्रमिला तामाङ स्वर्ण (किक बक्सिङ), प्रसंसा तामाङ काता र किक बक्सिङ बाट रजत, लासाङ तामाङ रजत( किक बक्सिङ) ,आरोन अर्यल रजत( किक बक्सिङ), बिकाश मोक्तान रजत( किक बक्सिङ), र राजन तामाङ किक बक्सिङ बाट काश्य पदक जित्न सफल भएको जानकारी (IKKF) संघका अध्यक्ष साम्देन तामाङले दिनुभएको हो। प्रतियोगितामा IKKFका खेलाडी र रेफ्रि १९ र कुङ-फु क्लब नेपालको तर्फबाट खेलाडी र रेफ्रि ६ गरि २५ जनाको सहभागी रहेको थियो ।

नेपालका तर्फबाट प्रतियोगिताको नेत्रित्व IKKF संघका अध्यक्ष समदेन तामाङले गर्नुभएको थियो भने रेफ्रीको भुमिका पनि IKKF को तर्फबाट स्वयम समदेन तामाङले कुङ-फु क्ल्बको तर्फबाट कुमार पौडेल, र उमा कुङ-फु संघको केन्द्रिय सचिब रमेश महर्जन र IKKF का केन्द्रिय सदस्य सन्तवीर बोमजनले गर्नु भएको थियो । प्रतियोगिता भाग लिई फर्किएका सम्पुर्ण खेलाडी र प्रशिक्षकहरुलाई काठमाण्डौ क्षेत्र नं ६ (ख) का स्वतन्त्र उमेद्वार बबिन्द्र कुमार कार्कीले गर्नुभएको छ
Visited 21 times, 1 visit(s) today
