Fast Nepal News

भारतको पंन्जाबमा जाने तयारीमा नेपाली खेलाडी

banner single news

भारतको पन्जाबमा हुने इन्डो नेपाल इन्टरनेशनल कराते र किक बक्सिङ च्याम्पियनसिपका लागि नेपाल बाट २१ जना खेलाडीहरू भारत जाने भएकाछन् ।
यही नोभेम्बर ५ र ६ तारिक पंन्जाबको नावनशहर एस.बि.एस नगरमा हुने कराते र किक बक्सिङ च्याम्पियनसिपका लागि नेपालको तर्फबाट
Nepal international karate kick boxing federation संघका अध्यक्ष श्री सम्देन तामाङको संयोजकत्व र नेपाल कुङ फु क्लबका अध्यक्ष श्री कुमार पौडेल सहित जम्मा २१ जना खेलाडी र संस्थागत ५ जना सहित २६ जनाको टोलि उक्त खेलका लागि भारत प्रस्थान गर्ने भएकाछन् ।
खेलाडीहरुको मनोबल बढाउनको निमित्त काठमाडौंको तारकेश्वर न.पा मनमैजु अबस्थित कवरहलमा पत्रकार, अभिभावक ,प्रशिक्षक र राजनितिकर्मीका बिचमा समाजसेवी तथा हाल काठमाण्डौं क्षेत्र नं ६ (ख) का प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवार बविन्द्र कुमार कार्कीले खेलाडीहरुलाई शुभकामनाका साथ बिदाई गरेकाछन्।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.