Fast Nepal News

कुस्ती खेलाडी संगीता धामी म्यादी प्रहरीमा भर्ना

हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता धामी १३औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हाल परिवारको आर्थिक स्थिति कमजोर भएको कारण नै म्यादी प्रहरीमा भर्ना भएका हुन् ।

banner single news
न्युज नेपाल एचडी संवाददाता
१४ कार्तिक, काठमाडौँ-मानिस भएर जन्मेपछि मानिसको मृत्यु नभएसम्म मानिसले आफ्नो जीवनमा संघर्षको खुड्किलो पार गर्नैपर्छ। विभिन्न समस्या , डर भयको कठिन परिस्थितिसँग संघर्ष गर्दै मानिसले जीवनमा सफलता प्राप्त गरेको हुन्छ। अहिले हाम्रो समाजमा यस्ता प्रतिभाशाली व्यक्तित्वहरु पनि छन् जसले भविष्यको यात्रा र गन्तव्यमा सफल हुन संघर्ष गरिरहेको छ। तीमध्ये एक उदाहरण हुन् खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी संगीता धामी।जो अहिलेका परिचित उदयीमान खेलाडीको रूपमा पहिचान स्थापित गर्न सफल भएसँगै आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएर चर्चा बटुल्न सफल भएकी एक समाजको उदाहरणीय पात्र पनि हुन्।
हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता धामी १३औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हाल परिवारको आर्थिक स्थिति कमजोर भएको कारण नै म्यादी प्रहरीमा भर्ना भएका हुन् । आफ्नो जीवनको यात्रामा आर्थिक चुनौतीसँग लडाई गर्दै म्यादी प्रहरीमा भर्ना भएका उनले राज्यले नागरिकलाई रोजगारीको ग्यारेन्टी गर्न नसकेकोमा समेत गुनासो गरेका छन्। आफ्नो घरमा आमाले भैंसी पालन गरेर सघर्ष गरी पढाउनुभएको र आर्थिक अवस्था र परिवारको जीवन स्तर सुधार्न म्यादी प्रहरीमा भर्ना भएर काम गर्न बाध्य भएको उनको तर्क छ।
नेपालको संविधानले संवैधानिक व्यवस्था अनुरुप नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न नसक्दा भविष्यमा देशको लागि आवश्यक पर्ने जनशक्तिहरु रोजगारीको लागि भौतारिनु पर्ने बाध्यात्मक अवस्था आएको छ।यस विषयमा राज्य सरकार र सम्बन्धित निकायको ध्यान दिनु अति नै आवश्यक छ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.