Fast Nepal News

पोखरा जारी नवौं खेलकुद प्रतियोगितामा आर्मी शीर्ष स्थानमा

खेलकुदको छैठौ दिनसम्म नेपाल आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ।

banner single news

०२ कार्तिक, काठमाडौँ -अहिले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जारी भईरहेको छ। असोज २८ गतेदेखि जारी भएको खेलकुद प्रतियोगिता सुरु भएको दिनदेखि आजसम्म ६ दिन पुगेको छ।पोखरामा जारी नवौं खेलकुद प्रतियोगितामा आजसम्म नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बढाउदै लगेको छ।

खेलकुदको छैठौ दिनसम्म नेपाल आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ। अन्य टोलीलाई खेलकुदमा पछि दोब्बरभन्दा बढीले पार्दै नेपाल आर्मीले खेलमा फराकिलो अग्रता कायम गरेको छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको अवस्था छ। गण्डकी प्रदेश पोखरामा नवौँ खेलकुद प्रतियोगिता अहिलेसम्म जारी नै रहेको छ।
Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.