Fast Nepal News

पोखरा जारी नवौं खेलकुद प्रतियोगितामा आर्मी शीर्ष स्थानमा

खेलकुदको छैठौ दिनसम्म नेपाल आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ।

banner single news

०२ कार्तिक, काठमाडौँ -अहिले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जारी भईरहेको छ। असोज २८ गतेदेखि जारी भएको खेलकुद प्रतियोगिता सुरु भएको दिनदेखि आजसम्म ६ दिन पुगेको छ।पोखरामा जारी नवौं खेलकुद प्रतियोगितामा आजसम्म नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बढाउदै लगेको छ।

खेलकुदको छैठौ दिनसम्म नेपाल आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ। अन्य टोलीलाई खेलकुदमा पछि दोब्बरभन्दा बढीले पार्दै नेपाल आर्मीले खेलमा फराकिलो अग्रता कायम गरेको छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको अवस्था छ। गण्डकी प्रदेश पोखरामा नवौँ खेलकुद प्रतियोगिता अहिलेसम्म जारी नै रहेको छ।
Inside Article Ads
Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.