Fast Nepal News

धोनिको टीम १० विकेटले पराजित

banner single news

आईपीएलको १३ औँ सिजनको ४१ औँ खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ । शारजाहमा खेलिएको खेलमा चेन्नईले टस हारेर पहिले बलिङ गर्दै १ सय १५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुम्बईले उक्त लक्ष्य १२.२ ओभरमा कुनै विकेट नगुमाइ सफलतापूर्वक पछ्यायो ।

आईपीएलमा कुनै पनि टोलीले चेन्नईलाई १० विकेटले पराजित गरेको पहिलो अवसर हो । यसअघि, सन् २००८ मा मुम्बईले नै चेन्नईलाई ९ विकेटले पराजित गरेको थियो । मुम्बईलाई जीत दिलाउन ईशान किशनले नटआउट ६८ तथा क्वीन्टन डिककले नटआउट रहँदै ४८ रन बनाए ।

आईपीएलको इतिहासमा चेन्नईले लिग राउन्डमा ८ खेल हारेको पहिलो पटक हो । यसअघि, सन् २०१० र २०१२ मा चेन्नईले ७–७ खेल हारेको थियो । हारसँगै प्लेअफका लागि चेन्नईको यात्रा लगभग समाप्त भइसकेको छ । अब चेन्नईले बाँकी तीन खेल जित्नुका साथै अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ । उता, मुम्बई भने सातौँ जित हासिल गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

Inside Article Ads

खेलमा ट्रेन्ट बोल्ट म्यान अफ द म्याच चुनिए । उनले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर चार विकेट लिए । उनले हालसम्म आईपीएलमा ५४ विकेट लिइसकेका छन् ।पहिलो ब्याटिङ गरेको चेन्नइका लागि स्याम करनले सर्वाधिक ५२ रन बनाए । उनको अर्धशतकको मद्दतले चेन्नईले २० ओभरमा ९ विकेटको क्षतिमा ११४ रन बनायो । मुम्बईका लागि जसप्रीत बुमराह र राहुल चाहरले २–२ विकेट लिए । निकै खराब सुरुवात गरेको चेन्नईले ३ रनमा चार विकेट गुमाएको थियो ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.