Fast Nepal News

तारकेश्वरको १० वटै क्लबलाई स्वास्थ्य तथा खेलकुद सामाग्री प्रदान गरिने : अधिकारी

banner single news

 

कार्तिक ५, काठमाण्डौ । दशैको पूर्वसन्ध्यामा नुवाकोट तारकेश्वर गाउँपालिकाभित्रका ६ वटै वडा तारुका २ र ३ बुद्धसिंह ४, दाङसिङ १, गोस्र्याङ ५ र ६ वडामा रहेका १० वटै युवा क्लबहरुलाई प्रदान गर्ने भनिएको खेलकुद तथा स्वास्थ्य सामाग्री तिहारको पूर्वसन्ध्यामा प्रदान गरिने भएको छ ।
सामाजिक अभियन्ता, जीपी कोईराला फाउण्डेशन नुवाकोटका जिल्ला उपाध्यक्ष तथा गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी‘अबिरल’ले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै आफु युवाहरुलाई उत्प्रेरणा दिने कार्यमा सदैब क्रियाशिल रहेको र समृद्ध तारकेश्वर नै आफ्नो अन्तिम लक्ष्य रहेको बताएका छन । प्राबिधीक कारणले हाललाई स्थगीत गरिएको खेलकुद तथा स्वास्थ्य सामाग्री तिहारको पूर्वसन्ध्यामा बितरण गरिने छ । जसअनुसार खेलकुद सामाग्रीहरु क्रमशः क्रिकेट व्याट, बल, क्रिकेट स्ट्याण्ड, व्याडमिन्टन, भलिबल नेट, कक व्याडमिन्टन, भलिबल, फुटबल, पम्प, स्वास्थ्य सामाग्री स्ट्रेचर र फुटबल जर्सी लगायतका खेलकुद सामाग्री बितरण गरिने अधिकारीले बताए । यसका साथै आजै काठमाण्डौबाट तारुका वडा नम्बर ३ मा रहेको गोरखनाथ युवा समाजलाई खेलकुद सामाग्री पठाईएको र एकसाता अघि नुवाकोट वडा नम्बर ६ मा रहेको बाघभैरव युवा क्लबलाई स्वास्थ्य सामाग्री तथा खेलकुद सामाग्री प्रदान गरिसकिएको समेत बताईएको छ । खेलकुद सामाग्री बितरणसँगै घरदैलो सहितको दशैतिहार, छठको शुभकामना आदन प्रदान गरिने समेत बताएका छन ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.