Fast Nepal News

सन्दीप आवद्ध दिल्लीको लगातार दोस्रो जित, चेन्नाई ४४ रनले पराजित

banner single news

काठमाडौँ, असोज १० – नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित हात पारेको छ।

शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले दोस्रो जित हात पारेको हो। यसअघि दिल्लीले किंग्स एल्यावेन पन्जाबलाई हराएको थियो।

दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रनमा रोकियो।

Inside Article Ads

चेन्नईका लागि फाप डु प्लेसिसले ४३ र केदार जाधबले २६ रन जोडे। दिल्लीका कागिसो राबडाले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.