
काठमाडौँ — २४ माघ २०७८
काठमाडौँ , साडियो मानेले पेनाल्टीमा गरेको निर्णायक गोलमा सेनेगलले आइतबार इजिप्टलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्स जितेको छ । सेनेगलले प्रतियोगिताको उपाधि जितेको यो पहिलो पल्ट हो । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको थियो । यसअघि खेलको सातौं मिनेटमा लिभरपुल फरवार्ड मानेले पेनाल्टीबाट गोल गर्न चुकेका थिए ।
( कान्तिपुर दैनिक )
