Fast Nepal News

९०७० जनामा एकै दिन संक्रमण, २७०७ संक्रमणमुक्त

कुन जिल्लामा कति संक्रमित थपिए ?

banner single news

वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ ।

जसमध्ये ६७ हजार २४६ जना होम आइसोलेसनमा र ५३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ६५२ जनाको आईसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै सबैभन्‍दा बढी काठमाडौँमा ३ हजार १६३, रुपन्देहीमा १ हजार ६९, ललितपुरमा ५६७, बाँकेमा ३९८, कास्कीमा ३७५, मोरङमा २५५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै दाङमा २४६, भक्तपुरमा २४२, सुर्खेत २०६, नवलपरासी पश्चिममा १६०, झापामा १५३, धनुषामा १४०, सुनसरी १३३, मकवानपुरमा १२६, कैलालीमा ११५, पर्सामा १०४, चितवन र पाल्पामा ८६/ ८६ जनामा कोरोना संक्रमण थपिएका छन् ।

मन्त्रालयले जनाए अनुसार, धादिङमा ८३, गोरखामा ७४, अर्घाखाँचीमा ७३, अछाम ५९, महोत्तरीमा ५५, काभ्रेपलाञ्चोकमा ५२, कपिलवस्तु ५०, नुवाकोट र डडेल्धुरामा ४९/४९ जना, रसुवा र तनहुँमा ४४/४४ जना, बारा र दैलेखमा ४३/४३ जना, बर्दियामा ४२/४२ जना, सिरहामा ४०/४० जनामा कोरोना संक्रमण पुष्टि भएको

Inside Article Ads

यसैगरी रौतहटमा ३९, दोलखामा ३६, लम्जुङ ३४, म्याग्दीमा ३२, डोटीमा ३१, बैतडीमा ३०, सर्लाहीमा २८, सप्तरी र स्याङ्जामा २४/२४ जना, कञ्‍चनपुरमा २२, गुल्मीमा १९, संखुवासभामा १८, रामेछापमा १६, इलाममा १४, पर्वतमा १३, वागलुङमा १२, प्‍युठानमा ११, रोल्पा र जुम्लामा १०/१० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै उदयपुर र सिन्धुलीमा ९/९ जना, जाजरकोटमा ८, ओखलढुंगामा ७, धनकुटा, भोजपुर र कालिकोटमा ५/५ जना, पाँचथर, सोलुखुम्बु र हुम्लामा ४/४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै तेह्रथुम,सल्यान र दार्चुलामा ३/३ जना, खोटाङ र बझाङमा २/२ जना तथा नवलपरासी पूर्व, मुस्ताङ, रूकुम पूर्व र रूकुम पश्चिममा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९ वर्ष मुनिका २२९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५८८ जना कोरोना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.