Fast Nepal News

विज्ञतालाई नीति र माटोमा लगाउने नारा वाेकेका व्यक्तित्वका धनी व्यक्ति हुन् धर्म केसी

लमजुङ - १ उम्मेदवार धर्मराज केसी राष्ट्रिय स्वतन्त्र पार्टी पुरुष , ४५ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा ३३८९८ मत प्राप्त गरि विजयी भएका छन्

banner single news

अन्तर्राष्ट्रिय अनुभव र विज्ञता बोकेर धर्मराज केसी लमजुङमा स्थापित राजनीतिलाई चुनौती दिँदै मैदानमा उत्रिएका थिए र सफल पनि भएका छन्

२०७९ सालको मंसिरमा भएको निर्वाचनमा नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका ‘हेभिवेट’ भनिएका उम्मेदवारसँग प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले यसपटक पनि लमजुङमा टिकट हात पारेका थिए ।

प्रकृति संरक्षण र वातावरण क्षेत्रमा विज्ञता हासिल गरेका केसी यसपटकको चुनाव आफ्नो पक्षमा पार्ने उद्घोषसहित चुनावी अभियानमा सक्रिय रहदै अाएका थिए ।

वातावरण, ऊर्जा र दिगो विकासमा अन्तर्राष्ट्रिय स्तरको विज्ञता

अघिल्लो निर्वाचनको अनुभव र सम्मानजनक मत

‘नयाँ राजनीति’ र नीति–केन्द्रित एजेन्डाले युवा तथा सचेत मतदातामा अपिल

स्थानीय तहको प्रत्यक्ष राजनीतिक संगठन कमजोर
हेभिवेट र स्थापित प्रतिस्पर्धी उम्मेदवारसँग भिडन्त
विज्ञ छवि बलियो भए पनि जनसंपर्क राजनीतिमा सीमित अनुभव

अघिल्लो चुनावको अनुभव, अन्तर्राष्ट्रिय अध्ययन र पेशागत पृष्ठभूमिसहित केसी यसपटक फरक तयारीका साथ मैदानमा देखिएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठदेखि समाजसेवी महावीर पुनसम्मका विज्ञ सल्लाहकारका रूपमा काम गरिसकेका केसीले नेपाल र विदेशमा ऊर्जा, दिगो विकास र जलवायु परिवर्तनसम्बन्धी परियोजनामा प्राविधिक तथा नीति विज्ञका रूपमा योगदान दिएका छन् ।

अघिल्लो निर्वाचनमा सम्मानजनक मत ल्याएका केसी यसपटक गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री, संघीय मन्त्री तथा एमाले उपाध्यक्षसमेत रहेका पृथ्वीसुब्बा गुरुङलाईपछि पार्दै जित निकाल्न सफल भएका छन् । उनका अर्का प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका गमप्रसाद गुरुङ हुन्, जो भुइँतहमा रहेर नागरिकसँग जोडिँदै सामाजिक अभियान तथा कृषि र जडीबुटी खेतीमा सक्रिय रहँदै आएका थिए।

Inside Article Ads

यसैगरी नेकपाका उम्मेदवार हरिजंग तामाङ पनि प्रतिस्पर्धीका रूपमा मैदानमा थिए । यी सबैलाई उछिनेर संसद् पुग्ने लक्ष्यसहित केसीले छलाङ मारेका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका–६, छत्रीथाँटी (ढोडसिङ) मा जन्मिएका केसीले दक्षिण कोरियाको आजु विश्वविद्यालयबाट वातावरण इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन् । अध्ययनका क्रममा उनले पूर्ण छात्रवृत्ति प्राप्त गर्नुका साथै अनुसन्धान सहायकका रूपमा पनि काम गरेका थिए ।

ऊर्जा, जलवायु परिवर्तन र दिगो विकासका क्षेत्रमा नेपालसहित ४० भन्दा बढी देशमा झन्डै दुई दशकसम्म काम गरेको अनुभवलाई देश विकासमा लगाउने उनको भनाइ छ । उनका कार्यक्षेत्रमा नवीकरणीय ऊर्जा, जलविद्युत् विकास, वातावरणमैत्री ऊर्जा, फोहोरबाट ऊर्जा उत्पादन, मल उत्पादन तथा उन्नत र व्यावसायिक कृषि जस्ता विषय समेटिएका छन् ।

ग्रामीण ऊर्जा प्रविधि विकासमा योगदान पुर्‍याएको भन्दै उनले अमेरिकास्थित म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट अन्तर्राष्ट्रिय स्तरको पुरस्कारसमेत प्राप्त गरेका थिए । 

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.