Fast Nepal News

ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन पौष १८ मा, अध्यक्षमा न्याछ्योंको प्रबल सम्भावना

banner single news

ललितपुर, १५ पौष- ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा जिल्ला स्थित व्यवसायीमा चुनावी सरकर्मी बढदै गएको छ । आसन्न निर्वाचनका लागि मनोजबहादुर न्याछ्यों र भरतलाल जोशी नेतृत्वका दुई समुह प्रतिस्पर्धामा उत्रिएका छन्। न्याछ्योको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य र उपाध्यक्षहरु उद्योग तर्फबाट सुसन महर्जन, वाणिज्य तर्फबाट नारायण गोपाल श्रेष्ठ, संस्थागत तर्फबाट वीरेन्द्रलाल श्रेष्ठको उम्मेवारी परेको छ ।

महासचिवमा रुपकमान महर्जन र सन्देश महर्जनको उम्मेदवारी परेको छ । उनीहरु क्रमश: न्याछ्यों र प्रधान समुहका हुन ।
कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने सविनलाल प्रधानले न्याछ्यों र सचेन्द्रराज जोशीले प्रधान समुहबाट उम्मेदवारी दिएका छन् ।

यता कार्यसमिति सदस्यमा उद्योगतर्फबाट १२ जना र वाणिज्यतर्फ १३ जनाको उम्मेदवारी परेको छ । उद्योगतर्फबाट ६ जना, वाणिज्य तर्फबाट ७ जना, संस्थागत र एशोसिएट तर्फबाट एक/एक जना चुनिने व्यवस्था छ । संस्थागत क्षेत्रबाट पूर्ण बहादुर महर्जन र एशोसिएट क्षेत्रबाट नवीनमान श्रेष्ठको उम्मेदवारी परेको छ ।

संघको उपाध्यक्षमा उद्योग, वाणिज्य, संस्थागत र एशोसिएटतर्फबाट चार जना रहने व्यवस्था छ । यद्यपी उपाध्यक्ष (एशोसिएट) का लागि कम्तीमा ५० वटा एशोसिएट सदस्य पुग्नुपर्ने हुन्छ । संघमा सो संख्या नपुगेको हुँदा सो पद रिक्त रहने छ ।

मनोजबहादुर न्याछ्यों र भरतलाल जोशी समुहका आ आफ्नै एजेण्डा छन् । यसपटकको निर्वाचनमा अध्यक्ष पदका बलिया उम्मेदवारका रुपमा मनोज न्याछ्योंलाई हेरिएको छ । ‘इमान्दारिता, पारदर्शिता, दुरदर्शिता: उद्योगी व्यवसायीहरुको हकहित हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित उनको समुह चुनावी मैदानमा उत्रिएको छ ।आफ्नै कार्यकालमा पूरा हुन सक्ने र सबै व्यवसायीहरुलाई एकताबद्ध गर्दै लैजान सकिने एजेण्डाहरु मात्रै आफूले उठान गरेको र ती आफ्ना सबै एजेण्डाहरु पूरा गरेरै छोड्ने मनोजले कुरा राख्दै आएका छन् ।

Inside Article Ads

ललितपुर उद्योग वाणिज्य संघमा करिब २ दशक देखि विभिन्न भूमिका निर्वाह गर्दै हाल अध्यक्ष पदको लागि उम्मेदवारी दिएका मनोजले ललितपुर क्षेत्रको व्यावसायिक वातावरणलाई नजिकबाट बुझेका छन् भन्ने मतदाताहरु जानकार रहेको एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भनेका छन् ।

यता मनोजले सम्बन्धित क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरुलाई साथमा लिएर आफू अघी बढिरहेकाले आफ्नो जित सुनुस्चित रहेको बताउँछन् । ‘म व्यापारमा नै तल्लिन मानिस हुँ, आफ्नै वासलात पल्टाउँछु, व्यापार गर्नेले इमानमा बसेर आफनो व्यवसाय सोच्ने हो, आफ्नो लगानी सुरक्षित गर्ने हो, संस्थामा लागे पछि सबैको हित खोज्ने हो, त्यसको लागि म निर्विकल्प उम्मेदवार हुँ भन्ने मेरो दाबी छ’ उनले भने ।

मनोजले करिब २ दशकको आफ्नो व्यावसायिक यात्राको दौरानका क्रममा २ कार्यकाल संघमा कार्यसमिति सदस्य, १ कार्यकाल कोषाध्यक्ष र १ कार्यकाल महासचिवको जिम्मेवारी वहन गरिसकेका छन् ।

संघको निर्वाचन यहि पुस १८ गते पाटनमा हुँदैछ । बिहान ८ देखि दिउँसो ३ बजेसम्म भोट हाल्न पाइने छ । संघ अन्तर्गत एक हजार ३ सय २० जना मतदाता रहेका छन् ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.