Fast Nepal News

प्रधानमन्त्री–प्रधानन्यायाधीश ‘खासखुस’ : इजलास छोट्याएर प्रधानन्यायाधीश प्रधानमन्त्रीसँगै कार्यक्रममा

banner single news

काठमाडौं – पुस ९

सर्वोच्च अदालतमा बुधबार प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरुको बहस चल्दै गर्दा एकल इजलासमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भित्तामा राखिएको घडीतिर हेर्दै पौने २ बजेसम्म बहस टुङ्ग्याउन आग्रह गरे । त्यसपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्च अदालत परिसरसँग जोडिएको महान्यायाधिवक्ता कार्यालयको भवनतर्फ लागे ।

त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश जबरा एउटै मञ्चमा उपस्थित भएका छन् । उनीहरु उपस्थित मात्र भएनन्, एक अर्काको छेउमै बसे । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रमुख र प्रधानन्यायाधीशलाई विशेष अतिथि भनिएको थियो । त्यतिमात्रै होइन, दुवै जना ढल्केर एक–अर्कासँग कुराकानी गरेको तस्बिरसमेत सार्वजनिक भयो ।

सर्वोच्च अदालतले जारी गरेको न्यायाधीशहरुको आचारसंहितामा मुद्दामा पक्षसँग अनावश्यक सम्बन्ध बढाउन नहुने उल्लेख छ । आचारसंहितामा भनिएको छ, ‘अनावश्यक सम्बन्ध र सम्पर्क बढाएको कारणले विवादको सुनुवाइ वा निरुपण गर्न आयोग्य हुने स्थिति सिर्जना नहोस् भन्ने हेतुले त्यस्ता सम्भावनाहरुबाट टाढै रहनुपर्छ ।’

Inside Article Ads

यसै पनि प्रधानन्यायाधीश जबरामाथि प्रम ओलीबाट प्रभावित भएका अनेश आशंकाहरु सार्वजनिक भएका थिए । त्यसैलाई बल पुग्ने गरी प्रधानन्यायाधीश जबरा उनीसँगैको समारोहमा उपस्थित भएका हुन् ।

नेकपाभित्र सत्ता किचलो उत्कर्षमा पुगेका बेला प्रधानन्यायाधीश जबरालाई त्यो रात प्रधानमन्त्री निवासमा बोलाइएको घटनाबारे त्यतिबेलै प्रश्न उठेको थियो । प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच रातिको समयमा भेट भए पनि त्यसको एजेन्डा, विषयवस्तु र अन्य विवरण दुवैले खुलाएनन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.