Fast Nepal News

चोलेन्द्रसमशेरसँग जोडिएका चिन्ता

banner single news

काठमाडौं – पुस ८

संविधानले नदिएको अधिकारसहित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद भंग गरिएपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अबको भूमिका कस्तो होला ? आम जिज्ञासाको विषय बनेको छ ।

संवैधानिक परिषद्को संरचनालाई अध्यादेशको बलमा हठात् फेर्दै त्यही दिउँसो प्रकाशित शीतलनिवासको विज्ञप्तिपछि (दुई घण्टाभित्र) संवैधानिक परिषद्को अर्काे बैठक बस्यो । त्यहाँ प्रधानन्यायाधीश जानुभयो र उहाँको सिफारिसका मानिसहरू लाभान्वित भए । यसउपर संवैधानिक इजलासमा रिट दायर भएको अवस्था छ ।

Inside Article Ads

यसअघि पत्नी हत्याका आरोपी पूर्वडिआइजी रञ्जन कोइरालालाई कैद अवधि बाँकी छँदै रिहा गरिएको प्रकरणलाई लिएर प्रधानन्यायाधीश राणा अझै आलोचित छन् । त्यसभन्दा पहिले नेपाली कांग्रेसका सांसदहरूले तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाए । त्यसबेला दायर एउटा रिटमाथि निर्णय सुनाउँदै सुशीलासँग राम्रो सम्बन्ध नभएका चोलेन्द्रले ‘मेरा हात थर्थर कामिरहेका छन्…’ भन्दै भावुक वाक्य हालेर कानुनी दफा उद्धृतै नगरी निबन्धको भरमा उन्मुक्ति दिएकै हो ।

सत्य नहोला, तर अहिले पनि भनिँदै छ आफ्ना मान्छे सेटल गर्ने नाममा प्रधानमन्त्रीसँगको सेटिङअनुसार नै संविधानविपरित संसद भंग भएको हो । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.