Fast Nepal News

विदेशबाट हुने वस्तुको आयात घटेपछि महँगी बढ्दै

banner single news

काठमाडौं – पुस ७

काठमाडौं । कोरोना भाइरसको प्रभावसँगै विदेशबाट हुने वस्तु आयात घटेपछि यसको मार महँगीमा पर्न थालेको देखिएको छ। चिसो मौसम सुरु भएसँगै खासगरी चीनबाट आयात हुने जाडोका कपडाको मूल्य महँगिन थालेको व्यवसायीले बताएका छन्। काठमाडौंका अधिकांश कपडा व्यवसायीले चीनबाट गार्मेन्ट आयात कम हुँदा सामानको भाउ बढेको बताएका छन्।

राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले पनि गत असोजको तुलनामा कात्तिकमा मूल्यवृद्धि बढेको उल्लेख गरेको छ। उक्त प्रतिवेदनले कात्तिकपछिको विवरण उल्लेख नगरे पनि पछिल्ला महिना मूल्यवृद्धिको औसत दर (मुद्रास्फीति) चुलिँदै गएको व्यवसायीले बताएका छन्।

Inside Article Ads

गत कात्तिकमा मूल्यवृद्धिको दर ४.०५ प्रतिशत पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ। यसको मतलव गत वर्ष कात्तिकमा १ सय रुपैयाँले जीविका धान्ने व्यक्तिलाई यो वर्ष १०४ रुपैयाँभन्दा बढी पैसा आवश्यक पर्ने भएको छ।

कात्तिकमा दसैं र तिहारजस्ता पर्व परेकाले महँगी बढेको हुनसक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्। तर, व्यवसायीले भने चैतमा बन्दाबन्दी सुरु भएपछि भारी मात्रामा खाद्यान्न र लत्ताकपडा किनेर राखेका उपभोक्ताले लामो समय सामान किन्न पैसा खर्च नगरेको बताउँछन्। दसैं लागेपछि भने पहिलेको मौज्दात खाद्यान्न सकिएको र असोजपछि खुलेको बन्दाबन्दीले मानिसको चहलपहल बढाएका कारण महँगी पनि बढ्न थालेको उनीहरूको बुझाइ छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विनय बञ्जाराले लेखेका छन् ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.