Fast Nepal News

स्व रामकृष्ण प्रधान स्मृति पत्रकारीता पुरस्कार पत्रकार थपलियालाई दिने निर्णय

banner single news

काठमाण्डौं । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा सगरमाथा पोष्ट डट कमका सम्पादक रबिन प्रसाद थपलियालाई स्व रामकृष्ण प्रधान स्मृति पत्रकारीता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
बिगत २० बर्ष देखि नेपाली पत्रकारीतामा क्रियाशील पत्रकार थपलियालाई नुवाकोट जेसीसद्धारा स्पोन्सर गरिएको स्व रामकृष्ण प्रधान स्मृति पत्रकारीता पुरस्कार दिन लागिएको हो । पुरस्कारको राशी ११ हजार १ सय ११ रहेको छ । थपलियाको रेडियो, पत्रिका र अनलाइन लगायत दर्जन बढी मिडियामा
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको आज बसेको बैठकले पत्रकार थपलिया सहित त्रिशूली प्रबाह साप्ताहिका प्रकाशक एवं सम्पादक शरण उत्सुक सापकोटालाई दिर्घसेवा सम्मान–२०७७, अर्थपथ डटकमका सम्पादक बिष्णुराज जम्कट्टेल (बिष्णु तारुके) लाई स्वर्गिय मोहन विक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७७ र बिबिसी नेपाली सेवाका सम्वाददाता शक्तिमाया तामाङलाई महिला पत्रकारिता पुरस्कार–२०७७द्धारा सम्मान तथा पुरस्कृति गर्ने निर्णय गरीएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिल देव खनालले बताए ।
बिगत २० बर्ष देखि नेपाली पत्रकारीतामा क्रियाशील पत्रकार थपलिया नुवाकोटबाट प्रकाशीत नयाँ रुपरेखा साप्ताहीक, एचविसी ९४ एफ एम, गोर्खा एफएम, अग्निवाँण पाक्षिक पत्रिका लगायत दर्जन बढी मिडियामा काम गरिसकेका छन् ।
उक्त पुरस्कार र सम्मान नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको १० औ बार्षिक साधारणसभाको अवसरमा पुस ९ गते सुखद पाहुना घर बिदुरमा प्रदान गरिने नेपाल पत्रकार महासंघ नुवाकोटले जनाएको छ ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.