Fast Nepal News

ललितपुर उद्योग वाणिज्य संघको सभाकक्षमा कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम

banner single news

ललितपुर, २९ मंसिर – ललितपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय, ललिपुर १ को आयोजना तथा ललितपुर उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रम आयोजनामा आएको हो । संघका अध्यक्ष कृष्ण लाल महर्जनको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा अध्यक्ष महर्जनले आजको कार्यक्रम यस संघ र आन्तरिक राजश्व कार्यालयको सहकार्यमा नेपाल सरकारको २०७७÷०७८ को बजेट वक्तव्य पश्चात नै गर्नु पर्नेमा कोरोना महामारीका कारण ढिला भएको बताए । अध्यक्ष महर्जनले कोरोनाले गर्दा स्थिर रहेको व्यापार व्यवसायहरु अहिले चलायमान हुन थालेकोमा खुशी पनि व्यक्त गरे ।

आन्तरिक राजश्व कार्यालय, ललितपुर १ का कर अधिकृत तिलक थापाले कार्यक्रममा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधाका बारेमा जानकारी गराएका थिए भने आन्तरिक राजश्व विभागका निर्देशक चुडामणी ढुङ्गानाले एकिकृत कर प्रणालीमा गरिएको सुधारका बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, ललितपुर १ का प्रमुख कर अधिकृत जीवन कुमार घिमिरेले व्यवसायीहरुको जिज्ञाशाको उत्तर दिने क्रममा व्यवसायीहरुलाई आजको अवस्थामा राजश्व सम्बन्धी नीति नियमका बारेमा जानकार हुन आवश्यक रहेको कुरा व्यक्त गरे । साथै उनले जिल्ला स्थित सम्पूर्ण वस्तुगत संघ संस्थाहरुलाई यस बारेमा आफ्ना सदस्यहरुलाई जानकार गराउन आग्रह पनि गरे ।

Inside Article Ads

उक्त कार्यक्रममा घिमिरेले ललितपुर जिल्लाका उत्कृट करदाता भेगा फर्मास्यूटिकल्स प्रा.लि.का प्रबन्ध निर्देशक रामचन्द्र भण्डारीलाई सम्मान समेत गरे । यसै अवसरमा उनले संघका अध्यक्ष महर्जनलाई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा एशोसियट तर्फबाट निर्वाचित भएकामा बधाई एवं शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा ललितपुर जिल्ला स्थित विभिन्न वस्तुगत संघका अध्यक्षहरु तथा प्रतिनिधिहरु, ललितपुर उद्योग वाणिज्य संघको राजश्व समितिका सदस्यहरु र संघका पदाधिकारीहरु एवं सदस्यहरुको उपस्थित रहेको थियो ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.