Fast Nepal News

ओलीबिनै नेकपाको स्थायी समिति बैठक

banner single news

काठमाडौँ —  मंसिर २२, २०७७।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चर्किंदै जाँदा स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहभागिताबिनै अगाडि बढेको छ । पूर्वनिर्धारित बैठकमा ओली सहभागी नभएपछि कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले बैठक अगाडि बढाएका थिए।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको स्थायी समिति बैठकमा अध्यक्ष ओली आउने प्रतीक्षा गरे पनि नआउने खबर प्राप्त भएपछि बैठक अगाडि बढेको थियो ।

Inside Article Ads

शनिबारको बैठकमा ओलीको सहमतिकै बीच बहुमत सचिवालय सदस्यले आइतबारको लागि स्थायी समितिको बैठक बोलाउने निर्णय गरेका थिए । बैठकमै स्थायी समिति बैठकको औचित्य नभएको भन्दै बैठकलाई नै ‘रत्यौली’ को संज्ञा दिनुभएका अध्यक्ष ओलीले सचिवालय बैठकमा प्रचण्डले पेस गरेको प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।

ओलीको असहमतिकै बीच सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीमा गम्भीर संकट देखापरेको बताएका थिए । बैठकमा प्रचण्डले आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने स्थायी समिति सदस्यहरूलाई जानकारी गराएको एक स्थायी समिति सदस्यले बताएको आजको नेपाल समाचारपत्र दैनिकम खवर छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.