Fast Nepal News

सुनको मुल्य तोलामा २ सयले घट्यो

banner single news

काठमाडौं, मंसिर २१ – नेपाली बजारमा आइतबार सुनको भाउ केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ९२ हजार ९ सय रूपैयाँमा किनबेच भएको छापावाल सुनको भाउ आइतबार २ सयले घटेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो ।

तेजावी सुनको भाउ ९२ हजार २५० रुपैयाँ कायम भएको छ।

Inside Article Ads

आइतबार सुनको भाउ घटे पनि चाँदी भने स्थिर छ। महासंघका अनुसार गत शुक्रबार १ हजार २१० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ आइतबार पनि सोही मूल्यमा कायम रहेको छ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.