Fast Nepal News

नाटोजद्वारा गभर्नर लम्साललाई बधाई तथा शुभकामना ज्ञापन

banner single news

नेपाल पर्यटन पत्रकार संघ (नाटोज) ले किवानिज इन्टरनेसनल क्लबको नेपाल डिस्ट्रिक्ट गभर्नर चुनिएका वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साललाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । लम्सालको सम्मानमा आइतबार राजधानीमा एक कार्यक्रम गरी नाटोजले बधाई दिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत, उद्योग व्यवसायी कमिटिका अध्यक्ष कमल सापकोटा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने लगायतले लम्सालको प्रशंसा गर्दै बधाईसँगै सफल कार्यकालको शुभकामना दिए ।
राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारी अविरलले लम्साललाई समाजसेवाका हिरोु भन्दै उनको कार्यकालमा किवानिज नेपाल डिस्ट्रिकले थप गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
सम्मनित व्यक्तित्व नवनिर्वाचित गभर्नर लम्सालले बधाई दिने र सुभेच्छा राख्ने सम्पूर्णमा आभार प्रकट गर्दै किवानिज इन्टरनेसनल मार्फत नेपाली समाजको सेवामा आफू सम्पूर्ण रूपले समर्पित हुने प्रतिबद्धता जनाए ।
किवानिज इन्टरनेसनल विश्वकै पहिलो ग्लोबल भोलन्टरिङ अर्गनाइजेसन हो । १ सय ५ वर्षअघि अमेरिकाको मिसिगनबाट स्वयंसेवा सुरु गरेको किवानिजले हाल ८७ देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ । संसारभर किवानिजका ६ लाखभन्दा बढी स्ययंसेवी छन् ।
किवानिज इन्टरनेसनलले विश्वभरका आफूसँग आबद्ध क्लबहरुलाई ५० डिस्ट्रिक्टमा विभाजन गरेको छ । नेपाल के–६९ डिस्ट्रिक्टमा पर्छ । लम्साल यसै डिस्ट्रिक्टका गभर्नर भएका हुन् ।
विशेषगरी बालबालिकाको शिक्षा, स्वास्थ्य र सरसफाइका क्षेत्रमा काम गर्ने किवानिज इन्टरनेसनलले सरदर वर्षमा १ लाख ५० हजारजति सेवामूलक परियोजना सञ्चालन गर्दै आएको छ ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.