Fast Nepal News

भ्रमण भिसामा विदेश जानेलाई ५ सय र २ सय ५० डलरको सीमा

banner single news

काठमाडौँ — १४ असोज २०७८

काठमाडौँ , सरकारले विदेश घुम्न जाने नेपालीले साथमा लैजान पाउने विदेशी मुद्राको सीमा घटाएको छ । गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरी युरोप, अमेरिका, जापान र कोरिया घुम्न जाने नेपालीको हकमा ५ सय अमेरिकी डलर तथा खाडी मुलुक, मलेसिया, सार्क राष्ट्र र थाइल्याण्डको हकमा न्यूनतम २ सय ५० डलर र माथी उल्लेख गरिएका बाहेकका मुलुकमा ५ सय डलर साथमा लैजान पाउने गरी अध्यागमन कार्यविधि २०६४ संशोधन गरेका छन् ।संशोधित प्रावधान कार्यान्वयन गर्न बिहीबार गृह मन्त्रालयले विभागलाई पत्राचार गरेको हो । घुम्न जाने व्यक्तिका लागि विदेशमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको कागजात भएमा डलर साथमा राख्न पाइने व्यवस्थालाई वैकल्पिकमा राखेको छ । यसअघि विदेश जाँदा सबै मुलुकका लागि अनिवार्य रुपमा न्यूनतम ५ डलर साथमा राख्नु पर्ने प्रावधान थियो । स्रोतका अनुसार विदेशी मुद्रा सञ्चिति बढाउन भिजिट भिसामा जानेले लैजान पाउने रकमको सीमा घटाइएको गृह मन्त्रालय स्रोतले बतायो । 

सीमा घटाउन नेपाल राष्ट्र्र बैंकले अध्यागमन विभागसँग आग्रह गरेको थियो । त्यसपछि कार्यविधि संसोधन गरी भिजिट भिसामा घुम्न जानेको हकमा विदेशी मुद्रा सम्बन्धी सीमा निर्धारण गरिएको गृहको भनाइ छ । यसरी विदेश जानेले वाणिज्य र विकास बैंकबाट विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था रहेकोमा अब ‘क’ वर्गका बैंक (वाणिज्य) बैंकबाट मात्रै मुद्रा सटही गर्न पाइने व्यवस्था ल्याइएको छ । मुद्रा सटही गर्दा विदेश जाने व्यक्ति स्वयं उपस्थित भएर आम्दानीको स्रोत समेत खुलाउनु पर्ने छ । यसका लागि अध्यागमन कार्यविधिको दफा ३ (१) को उपदफा २ को खण्ड घ पछि घ (१) बुँदा थप ‘विदेशी मुद्रा नेपाल राष्ट्रबैंकबाट स्वीकृत प्राप्त क बर्गको बैंकबाट सटही गर्ने र सटही गर्दा भ्रमणमा जाने व्यक्ति स्वयं उपस्थित भई अनिवार्य रुपमा आयस्रोत खुलाउनु पर्ने छ, ’ भनिएको छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.