
…..
मेराे बाबाले,
दु;खजेलाे गरेर जाेडेकाे जमिनमा
जबर्जस्ती डाेजर चल्छ,
नियम अनुसार कर तिरेकाे जमिन `तपाइले छाेड्नु पर्छ भन्छ´,
बाटाे मिचेर बनाएकाे भनेर हल्ला चल्छ,
ब्यर्थमा बेइज्जत मात्रै,
न त कुनै मुआब्जा दिन्छ !
तर संगै जाेडेकाे
सार्वजनिक जमिनमा घर ठडिएकाे छ
सुकुम्वासीकाे नाम छ,
भाडामा लगाएर मासिक कुस्त रकम उठाएकाे छ
त्यहाँ न डाेजर चल्छ
न कुनै कर लिन्छ
मात्रै भाेटकाे राजनीति चल्छ !
तेही तल
सार्वजनिक जमिनकाे अगाडि आलिसान घर छ,
केही सार्वजनिक जग्गा उस्काे कम्पाउण्ड भित्र पर्छ,
ठूलाबडा भएर हाे कि, समाज माैन छ !
सार्वजनिक जमिन मै सडक बन्छ,
तर, अगाडिको घरले भित्र्याएकाे जमिन
एक इञ्च भत्किदैन,
आनाकाे कराेड पर्ने जमिन ब्यक्तिलाई
राज्यको उपहार हुन्छ !
व्यवस्था परिवर्तन पछि यहाँ यस्तै चलेकाे छ,
शहरका वासिन्दा जमिन बेचेर गाउँ पस्नु परेकाे छ,
शहर आई राजनीति गर्ने धेरै देखिए,
जस्काे अर्थाेपार्जन हुने ठाउँ देखिदैन,
काम मात्रै राजनीति छ,
तर पनि शहरमा आलिसान महल ठडेकाे छ,
कराेडाैंकाे गाडीमा गुडेकाे छ,
महिना-महिनामा विदेश डुलेकाे छ ।
म काठमाडौंकाे रैथाने बबुराे,
यी सबै देखेर छक्क छु,
केही दिक्क छु,
मनमा दिक्दारीले छुन्छ,
तर मनलाई यसरी बुझाउँछु –
“राज्यसत्ता निरीह भएपछि
शायद यस्तै हुन्छ ।”
********
(कवि ढुङ्गेल, शिक्षाविद्का साथै सामाजिक अभियन्ता समेत हुनुहुन्छ)
